close

पालिकामा दिनभरः गोदावरीका महिलालाई पोषण सहयोग, भीमदत्तमा सहरी विकास आयोग (भिडियो खबर) 

पालिकामा दिनभरः गोदावरीका महिलालाई पोषण सहयोग, भीमदत्तमा सहरी विकास आयोग (भिडियो खबर) 

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न, नगरप्रमुख नेत्रराज अधिकारीले गरे भ्रष्टाचार नगर्ने र हुन नदिने कागजमा हस्ताक्षर । 


२) ललितपुर महानगरद्वारा म्ह पूजाको आगलागीमा मृत्यु भएकाको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय, घाइतेको निःशुल्क उपचार गरिने । 


३) चितवनको भरतपुर महानगरपालिकाकी नगरप्रमुख रेनु दाहालद्वारा प्रेमबस्ती माविको नवनिर्मित चारकोठे भवन उद्घाटन, पठनपाठनमा सहज हुने । 


४) सप्तरीको अग्निसाइर कृष्णासवरण र तिरहुत गाउँपालिकाको गाउँब्लकमा रहेका ७ सय घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा वितरण, पुुस मसान्तसम्म देशभरका नापी भइसकेका गाउँब्लकका नागरिकलाई जग्गा वितरण गरिने । 


५) झापाको भद्रपुर नगरपालिकाको आयोजनामा उद्यमशिलता र सुरक्षित वैदेशिक रोजगारका विषयमा युवाको सहभागितामा अभिमुखिकरण कार्यक्रम सम्पन्न, प्रत्येक वडामा ८ पुससम्म कार्यक्रम सञ्चालन हुने । 


६) स्याङ्जाको पुतलीबजार नगरपालिकाले सात जना सहायक कम्प्युटर अपरेटर करारमा नियुक्त गर्न विज्ञापन खुलायो, ८ पुससम्म दरखास्त बुझाउन सकिने । 


७) आफ्नै कर्मचारीमाथि यौन दुव्र्ययवहार गरेको आरोपमा बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिराम खराल र लेखा अधिकृत प्रदिप सुनार पक्राउ, प्रहरीले थाल्यो अनुसन्धान । 


८) उदयपुरको बेलका नगरपालिकाद्वारा तीन दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन, पालिकावासी लाभान्वित । 


९) मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका सबै वडाले नयाँ भवनबाट सेवा दिन थाले, सेवा प्रवाह र कार्यालय सञ्चालन गर्न सहज । 


१०) खोटाङका दशवटै स्थानीय तहमा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन, खोप लगाउन नागरिकको उत्साहजनक सहभागिता ।

 

११) भक्तपुर नगरपालिकाको आयोजनामा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता जारी, २४ मंसिरसम्म प्रतियोगिता सञ्चालन हुने । 

 

१२) कैलालीको गोदावरी नगरपालिकामा उपमेयर सुरक्षित मातृत्व प्रोत्साहन कार्यक्रम सञ्चालन, महिलालाई पोषण सामग्री वितरण । 


१३) बाराको बिश्रामपुर गाउँपालिकाले किसान सूचिकरण कार्यक्रम अन्तर्गत पाँच जना सहजकर्ता करारमा नियुक्त गर्ने, इच्छुकले मंसिर २५ गतेभित्र दरखास्त बुझाउनुपर्ने । 

 

१४) कञ्चनपुरको भीमदत्त नगरपालिकाले विकास निर्माणलाई थप व्यवस्थित बनाउन सहरी विकास आयोग गठन गर्‍यो, आयोगले योजना बैंकको रूपमा काम गर्ने । 


१५) दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १७ ले जनयुद्ध, जनआन्दोलनका शहीद र बेपत्ताका परिवार तथा घाइतेको निःशुल्क स्वास्थ्य बिमा गर्न थाल्यो ।