close

पाँचथरका चार पालिका संकटग्रस्त सूचीमा

पाँचथरका चार पालिका संकटग्रस्त सूचीमा

Trulli
ADVERTISEMENT

पाँचथर– प्रदेश १ को पहाडी जिल्ला पाँचथरका ४ वटा गाउँपालिकालाई संकटग्रस्त पालिकाको सूचीमा राखिएको छ । गत कात्तिक सुरुमा बेमौसमी वर्षासँगै आएको बाढीपहिरोका कारण क्षतिग्रस्त बनेका मिक्लाजुङ, तुम्बेवा, फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिकालाई संकटग्रस्त पालिकाको सूचीमा राखिएको हो ।


गृह मन्त्रालयअन्तर्गत जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार देशभरका ३३ स्थानीय तहमलाई आगामी माघसम्म संकटग्रस्त पालिकाको सूचीमा राखिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोख्रेलले बताए । ३३ पालिकामध्ये पाँचथरका ४ पालिका पनि परेका हुन् । यी स्थानीय तहले बाढीपहिरोका कारण धनजनको क्षति बेहोरेका थिए । यी पालिकालाई सम्बन्धित स्थानीय तहको सिफारिसमा संकटग्रस्त घोषणा गरिएको हो ।