close

शुद्धोधन पालिकाको दसौँ गाउँसभा : अधुरा काम चैत मसान्तभित्रै पूरा गरिने

शुद्धोधन पालिकाको दसौँ गाउँसभा : अधुरा काम चैत मसान्तभित्रै पूरा गरिने

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको शुद्धोधन गाउँपालिकाको १०औँ गाउँसभा सम्पन्न भएको छ । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार, सुशासन, समृद्धि शुद्धोधन गाउँपालिकाको मूल आधार’ नारासहित गाउँसभा सम्पन्न भएको हो । शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीले गाउँसभा उद्घाटन गरे । कार्यक्रममा अध्यक्ष चौधरीले प्रथम चौमासिक प्रगति प्रतिवेदन ०७८/७९ प्रस्तुत गर्दै कोभिडका कारण विकास निर्माण रोकिए पनि अधुरा निर्माण कार्य चैत मसान्तसम्म पूरा गरिने प्रतिबद्धता जनाए ।

 

उनले पालिकाका सबै जनप्रतिनिधि एवं कर्मचारीलाई रोकिएका विकास निर्माण छिटो सम्पन्न गर्न आग्रह गरे । प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले १०औँ गाउँसभाको प्रथम चौमासिक प्रगति प्रतिवेदन ०७८/७९ को शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषिलाई अगाडि बढाइएको जानकारी दिए ।

 

हाल आन्तरिक आयतर्फ गाउँपालिकाको कुल बजेट ५८ करोड ३६ लाख ७७ हजार ४४ मध्ये ८ करोड ७० लाख २६ हजार २ सय ४७ रुपैयाँ अर्थात् १४.९१ प्रतिशत खर्च भएको क्षेत्रीले बताए । गाउँसभाले निर्दिष्ट गरेको कार्यक्रम र बजेट कार्यान्वयन गरिँदै आएको उनको भनाइ छ ।


पालिकाका विधेयक समिति संयोजक पुन्नेराम गौतम, न्यायिक समिति संयोजक गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली, सार्वजनिक लेखा समितिसंयोजक कमल खड्कालगायत विभिन्न समिति संयोजकहरूले आ–आफ्नो कामको प्रतिवेदन प्रस्तुत गरे ।


उक्त कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष राजेन्द्र कँडेल, वडा सदस्य चन्द्रभान चौधरी, वडा नम्बर ४ का वडा सदस्य हेमन्त थापालगायतले शुभकामना दिए ।शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको गाउँसभामा ७ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारीलगायत उपस्थित थिए ।