close

शिवराजमा वडास्तरीय खेल स्पर्धा सुरु

शिवराजमा वडास्तरीय खेल स्पर्धा सुरु

Trulli
ADVERTISEMENT

कपिलवस्तु/शिवराज– कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर २ मा प्रथम वडास्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । नगरस्तरीय खेलकुदका लागि उत्कृष्ट खेलाडी छनोट गर्ने उद्देश्यले सुरु भएको खेलमा १२ टिमले स्पर्धा गर्र्ने वडा सचिव नारायण पंगेनीले जानकारी दिए ।


शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले रेफ्रीलाई बल हस्तान्तरण गरी खेल प्रतियोगिता उद्घाटन गरे । अधिकारीले पहिलो वर्ष नगरस्तरीय खेलकुद आयोजना गरिएको बताए । यो आर्थिक वर्षदेखि वडास्तरीय खेल आयोजना गर्ने निर्णयअनुसार वडा नम्बर न २ बाट सुरु गरिएको उनले जानकारी दिए ।


प्रतियोगिताबाट मेयर कप,उप–मेयर कपमा सहभागी भई उत्कृष्ट हुने खेलाडीलाई बन्द प्रशिक्षण सञ्चालन गीर पालिकास्तरीय खेल कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको उनको भनाइ छ । नगरपालिकामा उत्कृष्ट खेलाडी उत्पादन गर्ने योजना रहेको अधिकारीले बताए ।


कार्यक्रममा शुभकामना दिँदै वडाध्यक्ष रामबहादुर चौधरीले खेलाडीलाई राम्रो खेल खेलेर नगर कप जिताउन २ नम्बर वडालाई शुभकामना दिए ।खेल विकासका लागि प्रत्येक वर्ष वडामा रहेका क्लबलाई खेलकुद सामग्री वितरण गरिँदै आएको उनले बताए । शिवराज नगर खेलकुद विकास समितिका अध्यक्ष नेत्रप्रसाद बेल्वासेले नगरस्तरीय प्रतियोगिता १६ पुसदेखि सञ्चालन हुने जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल, शिक्षा शाखा प्रमुख लोकराज पन्थी तथा वडास्तीरय खेलकुद समिति संयोजक प्रभु थारुको अध्यक्षतामा कार्यक्रम समापन भएको हो ।