close

पालिकामा दिनभरः जथाभावी पार्किङ गरे ललितपुरमा कडाइ, भोक्राहाका अध्यक्षले पाए सफाइ (भिडियो खबर) 

पालिकामा दिनभरः जथाभावी पार्किङ गरे ललितपुरमा कडाइ, भोक्राहाका अध्यक्षले पाए सफाइ (भिडियो खबर) 

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) तेह्रथुमको म्याङलुङ नगरपालिकाले वडा नम्बर १० का कृषकलाई बाँड्यो बाख्रा र बंगुर, कृषक दंग । 

 

२) कपिलवस्तुको शिवराज नगरपालिकाको सबै वडामा वडास्तरीय खेलकुद प्रतियोगिता जारी, नगरस्तरीय प्रतियोगिता पनि छिट्टै आयोजना हुने । 

 

३) पर्वतको मोदी गाउँपालिका वडा नम्बर ४ को कार्यालयले थाल्यो अनलाइनबाटै व्यक्तिगत घटना दर्ता, सेवाग्राहीलाई सहज । 

 

४) कास्कीको पोखरा महानगरपालिकाले वडा नम्बर ८ मा प्रशासकीय भवन निर्माण गर्ने, कार्यबाहक नगरप्रमुख मञ्जुदेवी गुरुङले गरिन् शिलान्यास । 

 

५) काठमाडौं महानगरपालिकाले २७ औँ महानगर दिवस मनाउँदै, दिवसका अवसरमा २९ मंसिरसम्म विभिन्न कार्यक्रम गरिने । 

 

६) पूर्वी नवलपरासीको देवचुली नगरपालिकाले सुरु गर्‍यो ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा, अब एक लाखसम्मको उपचार निःशुल्क हुने । 

 

७) जबरजस्ती करणीको अभियोग लागेका सुनसुरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवले जिल्ला अदालतबाट पाए सफाइ, अध्यक्षको पद पुनः सम्हाल्ने ।

 

८) मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले कर्रा करिडोर निर्माणको काम अघि बढायो, एक करोड ५० लाख रुपैयाँको लागतमा करिडोर निर्माण हुने । 

 

९)  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले नयाँ भवनबाट सेवा दिन थाल्यो, सेवाग्राही दंग  ।

 

१०) पर्साको वीरगञ्ज माहानगरपालिकाले वडा नम्बर नम्बर १६ मा ग्रीन हस्पिटल वेस्ट व्यवस्थापन सेन्टर स्थापना गर्‍यो, अब अत्याधुनिक मेसिनद्वारा फोहोर नष्ट गरिने । 

 

११) ललितपुर महानगरपालिकाले जथाभावी पार्किङ गरेका सवारी साधनलाई ठाउँको ठाउँ कारबाही गर्न थाल्यो, अनधिकृत पार्किङ निरूत्साहित गर्न महानगर क्षेत्रमा नगर प्रहरी परिचालन । 

 

१२) सिरहाको धनगढीमाई नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा च्याउको बिउ उपलब्ध गराउन थाल्यो, बिउ लिन वडा कार्यालयको सिफारिस बुझाउनुपर्ने । 

 

१३) भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नम्बर ४ को तछु टोलमा गणेशको मन्दिर निर्माण गरिने, नगरप्रमुख मदन सुन्दर श्रेष्ठले गरे शिलान्यास । 

 

१४) दाङको तुलसीपुर उपमहानगरपालिकाले एक जना सर्भेक्षक करारमा नियुक्त गर्न विज्ञापन खुलायो, इच्छुकले १२ पुससम्म दरखास्त बुझाउनुपर्ने । 

 

१५) रूपन्देहीको तिलोत्तमा नगरपालिकालाई २९ मंसिरमा बालमैत्री नगर घोषणा गरिने, २९ गते पालिका र मातहतका कार्यालय बन्द गर्ने नगरको निर्णय ।