close

पालिकामा दिनभरः तुलसीपुरमा कर तिर्न ईसेवा, सर्केगाडका छात्रालाई प्याड बैंकको टेवा (भिडियो खबर)

पालिकामा दिनभरः तुलसीपुरमा कर तिर्न ईसेवा, सर्केगाडका छात्रालाई प्याड बैंकको टेवा (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) काठमाडौंको टोखा नगरपालिकाले मेयर दिर्घायु कार्यक्रम सुरु गर्‍यो, हरेक वडाका ७० जना ५० वर्ष नाघेका नागरिकको निःशुल्क स्वास्थ्य जाँच गरिने । 

 

२) नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि प्रस्ताव पेश गर्न सूचना निकाल्यो, ९ पुससम्म विद्यालयले प्रस्ताव पेश गर्नुपर्ने । 

 

३) दाङको तुलसीपुर उपमहानगरपालिकामा विभिन्न शिर्षकका कर ईसेवा मार्फत भुक्तानी गर्न सकिने, सेवाग्राहीलाई सहज । 

 

४) अर्घाखाँचीको मालारानी गाउँपालिकाले नयाँ भवनबाट सेवा दिन थाल्यो, नवनिर्मित भवनको गरियो उद्घाटन । 

 

५) तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नम्बर ३ मा खोप केन्द्रको भवन सञ्चालनमा आयो, नगरप्रमुख संजय तुम्वाहाङफेले गरे उद्घाटन ।

 

६) हुम्लाको सर्केगाड गाउँपालिकाद्वारा विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई सेनेटरी प्याड वितरण, सिमकोटमै प्याड बैंक स्थापना भएपछि छात्रालाई सहज । 

 

७) सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ कुविण्डेमा नवनिर्मीत स्वास्थ्य  भवनमा निशुल्क स्वास्थ्य शिविर सन्चालन, औपचारिक रूपमा भवन उद्घाटन भने फागुनमा गरिने । 

८) सर्लाहीको हरिपुर नगरपालिकाले कृषकसँग माग्यो धान बालीमा भएको क्षतिको विवरण, ७ दिनभित्र खेतको लालपूर्जा लिएर नगरपालिका आउन सूचना जारी । 

 

९) सुनसरीको देवानगञ्ज गाउँपालिकाले निःशुल्क रेबिजविरुद्धको खोप लगाइदिने,  सबै वडाका पशुपालक कृषकलाई पशु ल्याउन सूचना जारी । 

 

१०) झापाको बिर्तामोड नगरपालिकाको आयोजनामा आर्थिक वर्ष ७८÷७९ को पहिलो चौमासिक अन्तर्गतको सार्वजनिक सुनुवाइ सम्पन्न, जनप्रतिनिधिको कामप्रति नागरिक सन्तुष्ट । 

 

११) अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मार्‍यो भक्तपुरको चाँगुनारायण नगरपालिका र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा छापा, खरिद र भुक्तानीमा अनियमितता गरेको उजुरीपरेपछि आवश्यक कागज नियन्त्रण । 

 

१२) बर्दियाको ठाकुरबाबा नगरपालिकाले निःशुल्क वेल्डिङ तथा प्लम्बिङ सम्बन्धी तीन महिने तालिम सञ्चालन गर्ने, इच्छुक व्यक्तिले ४ पुससम्ममा निवेदन दिनुपर्ने । 

 


१३) सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ४मा नवलपुर घ्याङ गुठी गुम्बाको भवन निर्माण गरिने, पालिकाका अध्यक्ष वंशलाल तामाङले गरे शिलान्यास । 

 

१४) झापाको भद्रपुर नगरपालिकाद्वारा वडावडामा सामुदायिक अभिमूखीकरण कार्यक्रमको आयोजना, युवा सिप, रोजगारी, उद्यमशीलता र सुरक्षित वैदेशिक रोजगारका विषयमा छलफल । 

 

१५) ६ सय ३७ स्थानीय तहका केन्द्रबाट मतदाता नामावली संकलनको काम जारी, नाम दर्ता गर्न स्थानीयको उत्साहजनक सहभागिता ।