close

पालिकामा दिनभरः फेवातालमा माछाका भुरा, तानसेनमा भैंसी पाल्नेका सपना पूरा (भिडियो खबर) 

पालिकामा दिनभरः फेवातालमा माछाका भुरा, तानसेनमा भैंसी पाल्नेका सपना पूरा (भिडियो खबर) 

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) पाल्पाको तानसेन नगरपालिकाले लैनो भैँसी पालेर दूध उत्पादन गर्ने कृषकलाई अनुदान रकम दिन थाल्यो, भैँसी किन्न ४० हजार रुपैयाँ अनुदान पाइने । 

 

२) कास्कीको पोखरा महानगरपालिका १८ नम्बर वडा कार्यालयले फेवातालमा माछाको भुरा छाड्यो, १६ हजार भुरा छाडिएको वडा कार्यालयद्वारा जानकारी । 

 

३) डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको रिग्मो स्वास्थ्य चौकीलाई बोदिसतो बिहार र कान्छीमाया तामाङ फाउण्डेशनले भिडियो एक्सरे मेसिन प्रदान गर्‍यो, अब एक्सरेका लागि अन्यत्र जानु नपर्ने । 

 

४) पर्साको वीरगञ्ज महानगरपालिकाले ५० लाख रुपैयाँको लागतमा कन्या माविको भवन मर्मत तथा जीर्णोद्धार गर्‍यो, नगरप्रमुख विजय सरावगीले गरे उद्घाटन । 

 

५) स्याङ्जाको फेदीखोला गाउँपालिकाले विभिन्न कृषि कार्यक्रम सञ्चालन गर्ने, इच्छुक कृषक, कृषि समूह र सहकारीले ९ पुससम्म पालिकाका प्रस्ताव पेश गर्नुपर्ने । 

 

६) काठमाडांै महानगरपालिकाले २७औँ महानगर दिवस मनायो, वसन्तपुरमा परम्परागत बाजासहित विशेष कार्यक्रम आयोजना । 

 

७) पोखरा महानगरपालिका ८ नम्बर वडा कार्यालयले न्यूरोडमा आफ्नै भवन निर्माण गर्न थाल्यो, कार्यवाहक नगरप्रमुख मञ्जु देवी गुरुङले गरिन उद्घाटन । 

 

८) काभ्रेको पनौती नगरपालिकामा मेयर विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ, अब एक लाखसम्मको उपचार निःशुल्क हुने । 

 

९) ६ सय ३७ स्थानीय तहका केन्द्रबाट मतदाता नामावली संकलनको काम जारी, नाम दर्ता गर्न स्थानीयको उत्साहजनक सहभागिता । 

 

१०) ५१ वटा सूचक पूरा गरेपछि रूपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगर घोषणा गरियो, जिल्लाका १६ वटा स्थानीय तहमध्ये तिलोत्तमा पहिलो बन्न सफल । 

 

११) ललितपुर महानगरपालिले जथाभावी पार्किङ गरेका सवारी साधनलाई ठाउँको ठाउँ कारबाही गर्न थाल्यो, अनधिकृत पार्किङ निरूत्साहित गर्न महानगर क्षेत्रमा नगर प्रहरी परिचालन । 

 

१२) पर्वतको मेदी गाउँपालिकाले पशु विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पठाउन सूचना निकाल्यो, कृषक, कृषि समूह र सहकारीले ६ पुससम्म प्रस्ताव पेश गर्नुपर्ने । 

 

१३) दाङको तुलसीपुर उपमहानगपालिकाले आर्थिक वर्ष ७८/७९ को पहिलो चौमासिकमा गरेका कामको समीक्षा गर्‍यो, १ पुससम्म चल्ने कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीको सहभागिता । 

 

१४) महोत्तरीको मटिहानी नगरपालिकाले गुठी संस्थानको जग्गामा अनधिकृत रुपमा विभिन्न संरचना निर्माण गरेको खुलासा, ऐतिहासिक सम्पदाको अतिक्रमण गरेपछि स्थानीय रुष्ट । 

 

१५) स्याङ्जाको वालिङ नगरपालिकाले टोलटोलमै पुगेर पशु स्वास्थ्य सेवा उपलब्ध गराउन थाल्यो, कृषक लाभान्वित । 

 

१६) रौतहटको कटहरिया नगरपालिकाले १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने, भवनको गरियो शिलान्यास । 

 

१७) मोरङको रतुवामाई नगरपालिकाले कृषकलाई घाँसको बिउ वितरण गर्ने, बिउ लिन पालिकामा ३० दिनभित्र निवेदन पेश गर्नुपर्ने । 

 

१८) सिन्धुलीको कमलामाई नगरपालिकाले वडा नम्बर ९ मा रहेको भीमान स्वास्थ चौकीमा अत्याधुनिक ल्याब मेसिन जडान गर्‍यो, पालिकावासी उपचारका लागि अन्यत्र जानु नपर्ने । 

 

१९) रौतहटको देवाही गोनाही नगरपालिकाले  सामुदायिक भवन निर्माण गर्ने, नगरप्रमुख धर्मेन्द्र पटेलले गरे शिलान्यास । 

 

२०) खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले लघु उद्यम विकास कार्यक्रम मार्फत सञ्चालन हुने तालिमका लागि प्रशिक्षक नियुक्त गर्ने, इच्छकुले पालिकामा दरखास्त बुझाउनुपर्ने ।