close

पालिकामा दिनभरः बंगलाचुलीमा अब चल्ने छैनन् क्रसर, धनगढीमा सन्ततिवृत्तिको अवसर (भिडियो खबर) 

पालिकामा दिनभरः बंगलाचुलीमा अब चल्ने छैनन् क्रसर, धनगढीमा सन्ततिवृत्तिको अवसर (भिडियो खबर) 

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले नगरवासीलाई उपचारमा ५० प्रतिशत छुट दिने, अस्पतालको निर्णयपछि स्थानीय दंग । 

 

२) दाङको तुलसीपुर उपमहानगपालिकाले आर्थिक वर्ष ७८/७९ को पहिलो चौमासिकमा गरेका कामको समीक्षा गर्‍यो, कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीको सहभागिता । 

 

३) पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकामा थपिए साढे दुई करोडका विभिन्न योजना, वडास्तरबाट माग भएर आएका ३९  योजना कार्यान्वयन गर्ने पालिकाको निर्णय । 

 

४) ६ सय ३७ स्थानीय तहका केन्द्रबाट मतदाता नामावली संकलनको काम जारी, नाम दर्ता गर्न स्थानीयको उत्साहजनक सहभागिता । 

 

५) बाजुराको जगन्नाथ गाउँपालिकाले एक जना उद्यम विकास सहजकर्ता करारमा नियुक्त गर्न विज्ञापन खुलायो, इच्छकुले पालिकामा दरखास्त बुझाउनुपर्ने । 

 

६) सप्तरीको छिन्नमस्ता गाउँपालिकाद्वारा अपांगता भएकालाई ह्विलचियर तथा बैसाखी वितरण, ७० जना लाभान्वित । 

 

७) झापाको भद्रपुर नगरपालिकाद्वारा उद्यमशिलता र सुरक्षित वैदेशिक रोजगारका विषयमा युवाको सहभागितामा वडा–वडामा अभिमुखिकरण कार्यक्रम आयोजना, ८ पुससम्म कार्यक्रम सञ्चालन हुने । 

 

८) काठमाडौंको तारकेश्वर नगरपालिकाको दशौँ नगर सभा जारी, २ पुससम्म चल्ने सभाले विभिन्न निर्णय गर्ने । 

 

९) सिन्धुलीको कमलामाई नगरपालिकाले ९, १० र १४ नम्बर वडामा सात पुसदेखि तीन दिनसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, वडावासीलाई शिविरमा स्वास्थ्य जाँच गर्न पालिकाको आग्रह । 

 

१०) कैलालीको धनगढी उपमहानगरले कोभिडका कारण आमाबाबु गुमाएका विद्यार्थीलाई सन्ततिवृत्ति उपलब्ध गराउने, रकम वितरण गर्न मापदण्ड बनाइँदै । 

 

११) गहुँ खेतीको सिजनमै मल नपाएपछि सप्तरीका किसान आन्दोलित, राजविराज नगरपालिकास्थित कृषि सामग्री कम्पनीले मल नदिएपछि टायर बालेर प्रदर्शन । 


 
१२) दाङको बंगलाचुली गाउँपालिकाले सिमेन्ट उद्योगलाई चुनढुंगा उत्खननमा रोक लगायो, उत्खननले वातावरण र स्थानीयमा नकारात्मक प्रभाव पारेको पालिकाको ठहर । 

 

१३) सुनसरीको इटहरी उपमहानगरपालिकाले वडा नम्वर १६ स्थित घोइन्दा खोलामा पुल निर्माण गर्ने, पुलको गरियो शिलान्यास । 

 

१४) कपिलवस्तुको शिवराज नगरपालिकाको आयोजनामा खेल महोत्सव सुरु, ९ पुससम्म विभिन्न खेलकुदका कार्यक्रम हुने । 


१५) स्याङ्जाको फेदीखोला गाउँपालिकाले विभिन्न कृषि कार्यक्रम सञ्चालन गर्ने, इच्छुक कृषक, कृषि समूह र सहकारीले ९ पुससम्म पालिकाका प्रस्ताव पेश गर्नुपर्ने ।