close

खडक नगरपालिकामा सरसफाइकर्मीलाई तालिम

खडक नगरपालिकामा सरसफाइकर्मीलाई तालिम

Trulli
ADVERTISEMENT

सप्तरी–स्वास्थ्यका लागि सहरी सरसफाइ तथा स्वच्छता कार्यक्रमअन्तर्गत सप्तरीको खडक नगरपालिकाका सरसफाइकर्मीलाई दिसाजन्य लेदो व्यवस्थापनसम्बन्धी दुई दिने तालिम दिइएको छ । एसएनभी नेपालको सहयोग एवं नगरपालिकाको समन्वयमा सलब नेपालद्वारा यो कार्यक्रम सञ्चालनमा छ ।

 

तालिममा सेफ्टीट्यांकी बनाउने सहभागी भएका थिए । दिसाजन्य लेदो सुरक्षित साथ विर्सजन तथा व्यवस्थापन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमको प्रमुख प्रशिक्षण अधिकृत एसएनभी नेपालका वास टेक्निकल सल्लाहकार राजु श्रेष्ठले दिएका थिए ।


तालिमपछि आगामी दिनमा चर्पी सफा गर्दा व्यक्तिगत सुरक्षालाई ध्यान दिने र सुरक्षा सामग्री मास्क, चस्मा, पिपिई सेट, गमबुट, पन्जा लगाएर सफा गर्ने प्रतिबद्धता तालिममा सहभागीले व्यक्त गरे ।


विभिन्न प्रकारका सरुवा रोगको प्रमुख कारण दिसा भएकालेयसको व्यवस्थापन सहज रूपमा गर्न सकिए नगरपालिकालाई सफा राख्न सकिने तालिमका अर्का प्रशिक्षक एसएनभी नेपालका कृष्ण जिसीले बताए । 


सन् २०१८ देखि सबल नेपालले एसएनभी नेपालको सहयोग एवं खडक नगरपालिकाको समन्वयमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो कार्यक्रमले दिगो सरसफाइका लागि समुदायको बानी, व्यवहार परिवर्तन गरी विभिन्न अभियान सञ्चालन गर्न नगरपालिकामा स्थायी ट्रेन्च  निर्माण गरिएको सबल नेपालका परमेश्वर झाले बताए ।


तालिम समापन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुन्दनकुमार कर्णले आगामी दिनमा सरसफाइ र स्वच्छता सुधारका लागि नगरपालिकाले पहल गर्ने प्रतिबद्धता जनाए ।