close

पनौतीमा विपन्न नागरिकको निःशुल्क बिमा

पनौतीमा विपन्न नागरिकको निःशुल्क बिमा

Trulli
ADVERTISEMENT

काभ्रे–काभ्रेको पनौती नगरपालिकाले नगरभित्रका विपन्न, दलित, जनजाति, अपांगता भएका व्यक्ति र एकल परिवारको निःशुल्क स्वास्थ्य बिमा सुरु गरेको छ । पनौती नगरपालिका स्वास्थ्य शाखाका प्रमुख पुरुषोत्तम तिमल्सिनाले वडा नम्बर ५ का चौकोटका रामकृष्ण कुवा श्रेष्ठको चार जनाको परिवारको स्वास्थ्य बिमा गरेर मेयर विपन्न स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको जानकारी दिए ।

 

पनौती नगरप्रमुख भीम न्यौपानेले स्वास्थ्य बिमाबापतको रकम तिर्न नसक्ने नगरभित्रका विपन्न नागरिकलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले विपन्न स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको जानकारी दिए । उनका अनुसार नगरले ६ सय परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्नेछ ।