close

प्रहरी वरिष्ठ उपरीक्षक यादव मृत फेला

प्रहरी वरिष्ठ उपरीक्षक यादव मृत फेला

Trulli
ADVERTISEMENT

बुटवल– नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला परेका छन् । उनी भैरहवास्थित सरकारी निवासमा शुक्रबार झुण्डिएको अवस्थामा फेला परेका हुन् । 

 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । उनले भने, ‘अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला यादव झुण्डिएको थाहा भएको हो ।’ यादव सङ्घीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत थिए । मृत्युको कारण खुल्न सकेको छैन ।