close

शीतलहर र हिमपातबाट हुन सक्ने जनधनको क्षति रोक्न थालियो तयारी

शीतलहर र हिमपातबाट हुन सक्ने जनधनको क्षति रोक्न थालियो तयारी

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले शीतलहर र हिमपातबाट हुन सक्ने जनधनको क्षति रोक्न तयारी थालेको छ । जाडोबाट नागरिकलाई जोगाउन ‘शीतलहर तथा हिमपात विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य मार्गदर्शन २०७७’ अनुसार तयारी थालिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।


प्राधिकरणका प्रवक्ता डा. डिजेन भट्टराईका अनुसार सूचना संकलनदेखि विपद् हुन नदिन र विपद्का घटना भइहाले उद्धार, राहत वितरण तथा पुनःस्थापनका कार्यक्रम तय गरी तयारी थालिएको हो । पालिका र जिल्ला विपद् व्यवस्थापन समितिले तत्कालै अवस्था अध्ययन गरी विवरण संकलन गर्ने, साधन–स्रोतको कमी रहे÷नरहेको पहिचान गरी त्यसको जोहो गर्ने तथा अपुग सामग्री केन्द्रमा माग गर्ने प्रतिकार्य मार्गदर्शनमा उल्लेख छ ।

 

सोहीअनुसारको तयारी थाल्न जिल्ला र पालिकालाई आग्रह गरिएको प्राधिकरणका प्रवक्ता डा. भट्टराईले बताए । जिम्मेवार निकायको रूपमा जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई तोकिएको छ । देशभर चिसो बढ्दै गएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपातका कारण जनजीवन प्रभावित हुन थालेको छ । अबको केही दिन मौसम बदली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

 

अकासमा बादल रहेकाले न्यूनतम तापक्रम नघटे पनि अधिकतम तापक्रम घट्न सक्ने भएकाले चिसो बढ्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन् ।