close

जन्तेढुंगाका ५ नम्बर वडाध्यक्ष श्रेष्ठको निधन

जन्तेढुंगाका ५ नम्बर वडाध्यक्ष श्रेष्ठको निधन

Trulli
ADVERTISEMENT

काठमाडौं– खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नम्बर ५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ ।  ६ असार ०१५ मा जन्मिएका वडाध्यक्ष श्रेष्ठको सोमबार राती १२ बजे ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।

 

वडाध्यक्ष श्रेष्ठ गत माघदेखि मुटुको समस्याबाट पीडित थिए । सिकिस्त अवस्थामा गत २८ माघमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी लगिएका श्रेष्ठले मुटुको भल्व फेरेपछि नियमित औषधी सेवन गर्दै आएको कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए ।


०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका श्रेष्ठ अस्पताल लगिएपछि गत २८ माघदेखि वडासदस्य धनबहादुर राईले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् । श्रेष्ठका श्रीमती, तीन छोरा, दुई बुहारी र दुई नातिनातिना छन् ।