close

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु, ४ घाइते

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु, ४ घाइते

Trulli
ADVERTISEMENT

सप्तरी–सप्तरीमा २ वटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २ को मृत्यु भएको छ भने ४ जना घाइते भएको प्रहरीले जनाएको छ । सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर ४ तुलसी टोलस्थित कञ्चनपुर– फत्तेपुर भित्री सडक खण्डमा को२२प १५५८ र को२२प १५५८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताएको छ ।

 


दुर्घटनामा परी सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्रब ७ का सुभास बस्नेत र उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ भीमा टोलका २८ वर्षीय शंकर चौधरीको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले बताए ।

 

 

दुर्घटनामा बस्नेतकी श्रीमती ३० वर्षीया ममता सापकोटा, उनका छोरा ८ वर्षीय सम्मर बस्नेत, १ वर्षीया छोरी सिम्रिका बस्नेत घाइते भएका छन् । त्यस्तै, चौधरीको मोटरसाइकलमा सवार सप्तकोसी नगरपालिका वडा नम्बर ९ का ३५ वर्षीय रोहित चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।