close

कपिलवस्तुमा ट्रयाक्टर पल्टिँदा २ को मृत्यु, ४ घाइते

कपिलवस्तुमा ट्रयाक्टर पल्टिँदा २ को मृत्यु, ४ घाइते

Trulli
ADVERTISEMENT

चन्द्रौटा/कपिलवस्तु–कपिलवस्तुमा ट्रयाक्टर पल्टिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका वडा नम्बर ३ रनगाईमा लु४त २४०२ नम्बरको ट्रयाक्टर मंगलबार बिहान ७ बजे दुर्घटनामा परेको हो ।

 

बालुवा लोड गर्न मजदुरसहित हिँडेको ट्रयाक्टर सडकदेखि अन्दाजी २० मिटर तल खसेको थियो । मृत्यु हुनेमा स्थानीय ४८ वर्षीया शिवकुमारी थारु र १६ वर्षीया फुल कुमारी थारु रहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

 

घाइते हुनेमा बलराम सुनार, कृष्ण विक, सरिता थारु र सीमा थारु रहेका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण ट्रयाक्टर दुर्घटना भएको हुन सक्ने इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक लीलाराम आचार्यले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।