close

मन्त्री झाँकी धोबीखोला करिडोर अनुगमनमा 

मन्त्री झाँकी धोबीखोला करिडोर अनुगमनमा 

Trulli
ADVERTISEMENT

काठमाडौं– सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बिहीबार बिहान धोबीखोला करिडोर अनुगमन गरेकी छन् । मन्त्री झाँक्रीसहित मन्त्रालयका सचिव, काठमाडौं उपत्यका प्राधिकरण र अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोलीले उक्त क्षेत्रको निरीक्षण गरेको हो ।


टोलीले बाटोको अवस्था, ढल, फोहोर, अव्यवस्थित निर्माण सामग्री र फुटपाथको अवस्थालगायतको अवलोकन गरेको छ । उक्त क्षेत्रको अवलोकन गर्ने क्रममा मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत समितिलाई बाटोमा देखिएका फोहोर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिइन् ।

 

अनुगमनका क्रममा मन्त्री झाँक्रीले भनिन्, ‘करिडोरमा देखिएका समस्या समाधानमा तत्काल लाग्नुस्, म केही दिनमा पुनः अनुगमनमा आउँछु ।’ मन्त्री झाँक्रीको निर्देशनपछि सरोकारवाला निकायले केही दिनमै करिडोरमा देखिएका समस्या समाधान गरिने प्रतिबद्धता जनाए । बिहान ६ः३० मा बबरमहलबाट सुर भएको अनुगमन बूढानीलकण्ठ पुगेर टुंगिएको थियो ।