close

कतारमा गठन भयो खस जुम्ली सेवा समाज 

कतारमा गठन भयो खस जुम्ली सेवा समाज 

Trulli
ADVERTISEMENT

जुम्ला– रोजगारको खोजीमा दोहा कतार पुगेका जुम्लीले दुःख–पीडामा परेका प्रवासी र जन्मभूमिलाई सहयोग गर्ने उद्देश्यले खस जुम्ली सेवा समाज गठन गरेका छन् ।  खस जुम्ली सेवा समाज दोहा कतारको नयाँ कार्यसमिति चयन गरिएको हो ।  दोस्रो वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । 

 

संस्थापक अध्यक्ष बलबहादुर रोकायालाई बिदाइ गर्दै साधारणसभाले देवराज आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको खस जुम्ली सेवा समाज दोहा कतारले जनाएको छ । 


यस्तै, उपाध्यक्ष रुपक सिंजाली चयन भएका छन् भने कोषाध्यक्षमा बलबहादुर जिसी र सचिवमा कमल थापा चयन भएका छन् ।
सह–सचिवमा तिलक नेपाली र वरिष्ठ सल्लाहकारमा गोविन्द नेपाली रहेका छन् ।


सचिव कमल थापाले संस्थामा बचत ९ सय रियालबाट सुरु गरेकामा अहिले २७ हजार ८ सय रियाल बचत भएको बताए । 
बचत रकमबाट ३ हजार ४ सय ब्याज प्राप्त भएको छ । संस्थाका सदस्यलाई ८ प्रतिशत र संस्थाबाहिरका लागि १८ प्रतिशतमा लगानी गर्ने गरिएको छ ।

 

नवनिर्वाचित अध्यक्ष आचार्यले खस जुम्ली सेवा समाज दोहा कतारलाई अब चाँडै दूतावासमा संस्था दर्ता गर्ने जानकारी दिए । दोहा कतार जुम्ली सेवा समाजले गत वर्ष १३ माघमा तिला गाउँपालिका वडा नम्बर ७ गोठीगाउँमा आगलागीबाट पीडित भएका नागरिकलाई राहत सहयोग गरेको थियो । 

 

गोठीगाउँका ३० घरधुरीका अग्निपीडितलाई प्रतिव्यक्ति एक बोरा चामल, एक कम्बल, पाँच प्याकेट तेल र चार चक्की साबुन गरी प्रतिव्यक्ति ३ हजार ५ सय गरी करिब १ लाख ५ हजार रुपैयाँ बराबरको राहत वितरण गरेको थियो ।