close

उदयपुरमा ट्रयाक्टर दुर्घटना : छोराको मृत्यु, दाइ र बुबा घाइते

उदयपुरमा ट्रयाक्टर दुर्घटना : छोराको मृत्यु, दाइ र बुबा घाइते

Trulli
ADVERTISEMENT

उदयपुर–उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १ जोगिदह रुपनीमा खेत जोतेर आउँदै गरेको ट्रयाक्टर पल्टिँदा एक बालकको ज्यान गएको छ । खेत जोतेर घर आउँदै गरेको स१त ४२९३ नम्बरको ट्रयाक्टर पल्टिएर घाइते भएका रुपनीका सत्यनारायण चौधरीका १० वर्षीय छोरा नितेष चौधरीको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा ज्यान गएको हो ।

 


शनिवार राती ८ बजेतिर खेत जोतेर छोरालाई लिएर आउँदै गरेको ट्रयाक्टर घर नजिकै पल्टिँदा चालक बुबा सत्यनारायण चौधरी, अर्का छोरा १२ वर्षीय निमिष चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

 

 
घाइते निमिषको बायाँ कम्मरमा र दुवै खुट्टामा चोट लागेको छ भने ट्रयाक्टर चालकको दाहिने हातमा चोट लागेको छ । उनीहरू दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।