close

बाक्लो हुस्सु र कुहिरोका कारण नेपालगञ्ज विमानस्थलबाट हुने उडान प्रभावित

बाक्लो हुस्सु र कुहिरोका कारण नेपालगञ्ज विमानस्थलबाट हुने उडान प्रभावित

Trulli
ADVERTISEMENT

नेपालगञ्ज–बाक्लो हुस्सु र कुहिरोका कारण आइतबार नेपालगञ्ज विमानस्थलबाट हुने उडान प्रभावित भएका छन् । पश्चिम नेपालका पहाडी जिल्ला र काठमाडांै तथा पोखराका लागि हुने उडान प्रभावित भएका हुन् ।


 
उडान प्रभावित हुँदा विभिन्न ठाउँमा जान विमानस्थल पुगेका सयौँ यात्रु फर्किन थालेका छन् । नागरिक उड्डयन कार्यालय नेपालगञ्जका अनुसार आइतवार विहानैदेखि मौसम अत्यधिक खराब हुँदा भिजिविलिटी कम भएकाले विमानस्थल नखोलिएको हो ।


 
मौसममा सुधार आएपछि मात्रै उडान सुचारु गर्न सकिने कार्यालयले जनाएको छ । यस क्षेत्रका अधिकांश पहाडी र हिमाली जिल्लामा हिउँ परिरहेकाले ती जिल्लाको उडान रद्द गरिएको र अन्य जिल्लामा नेपालगञ्ज विमानस्थल बन्द हुँदा उडान नभएको विमानस्थल टावरले जनाएको छ । नेपालगञ्जबाट दैनिक जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा र बझाङ तथा काठमाडौं र पोखराका लागि २५ बढी हवाई उडान हुने गरेका छन् ।