close

नगरपालिका संघद्वारा ७ नगरपालिकालाई उत्कृष्ट घोषणा

नगरपालिका संघद्वारा ७ नगरपालिकालाई उत्कृष्ट घोषणा

Trulli
ADVERTISEMENT

काठमाडौं–नेपाल नगरपालिका संघले ७ नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गरेको छ । संघको २९औँ वार्षिकोत्सव अवसरमा राजधानीमा आयोजित कार्यक्रमम प्रधानमन्त्री शेरबहादुर देउवाले उत्कृष्ट नगरपालिकालाई सम्मान गरे ।

 

संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट भएका
छन् । यस्तै, स्थानीय आर्थिक विकासतर्फ सर्लाहीको हरिवन नगरपालिका र सामाजिक विकासतर्फ रूपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका उत्कृष्ट भएका छन् ।

 

सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनतर्फ धादिङको नीकलण्ठ नगरपालिका उत्कृष्ट भएको छ ।
वन वातावरण, जयवायु परिवर्तनतर्फ इलाम नगरपालिका उत्कृष्ट बनेको छ ।