close

महानिरिक्षक नियुक्तिमा असन्तुष्ट पोखरेलले दायर गरे सर्वोच्चमा रिट 

महानिरिक्षक नियुक्तिमा असन्तुष्ट पोखरेलले दायर गरे सर्वोच्चमा रिट 

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका छन् । 

 

पोखरेलले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा अगाडि रहेको भन्दै आफूलाई महानिरीक्षक पदमा नियुक्त माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । 

 

उनले वारेसमार्फत् आफ्नो रिट सर्वोच्च अदालतमा पेस गरेका छन् ।

 

सरकारले आइतबार उनीभन्दा कनिष्ठ धीरजप्रताप सिंहलाई महानिरीक्षक पदमा नियुक्त गरेको थियो । 

 

प्रहरी महानिरीक्षक पदका लागि विश्वराज पोखरेल, धीरजप्रताप सिंह र सहकुलबहादुर थापा सो पदको आकांक्षी थिए ।