close

सुन चोरीमा संलग्न भएको आरोपमा तीन विदेशी पक्राउ

सुन चोरीमा संलग्न भएको आरोपमा तीन विदेशी पक्राउ

Trulli
ADVERTISEMENT

रुपन्देही । प्रहरीले बुटवलमा सुन चोरी गरेको आरोपमा प्रहरीले तीन भारतीयलाई पक्राउ गरेको छ ।

 

गत १३ गते गुल्मेली मजुवा सुनचाँदी पसलमा अन्दाजी तीन करोड ५० लाखबराबरको सुन चोरी गरेको आरोपमा प्रहरीले भारत साइ एन्क्लेव, गोमती कलोनी, लखनउ बस्ने ३५ वर्षीय मोहद जिशान खाँन, भारत जौहरी मोहल्ला चौक, लखनउका ३६ वर्षीय मोहसिन अब्दुल्लाह खाँन र भारत तकिया पेपर मिल कलोनी, निशातगंज महानगर लखनउ बस्ने २२ वर्षीय मोहम्मद सरिक पक्राउ परेका हुन् । 

 

पसल सञ्चालकले पत्रकार सम्मेलन गरी करिब पाँच करोडबराबरको सुन चोरी भएको दाबी गरेका थिए । यीमध्ये मोहद जिशान खाँन मुखय अभियुक्त रहेको र उनी चोरी गरिएको पसलकै छेउको कोठामा मासिक ३० हजार तिर्ने गरी भाडामा बसेका थिए । 

 

अभियुक्तले घरधनीलाई विश्वास दिलाउन र आफूहरूलाई राम्रो देखाउन एक वर्षको भाडा तीन लाख ६० हजार अग्रिम रूपमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए ।

 

पसल छेउमै भाडामा बसेका अभियुक्तले वैशाख १२ गते राति ग्यास कटरले तिजोरी काटेर तीन करोड ५० लाखबराबरको सुन चोरी गरेको रेग्मीले बताए ।

 

अपराध गरेको १३ दिनमा प्रहरीले अभियुक्तलाई चोरीको सुनसहित पक्राउ गरेको थियो । 

 

लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुवारीस्थित खुनगाई कालीदह सडक खण्डमा भारतीय नम्बर प्लेटको गाडी युपी ३२ एल डब्लु ३१५१ सहित अभियुक्तलाई पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए ।