close

आजदेखि मौन अवधि : के के गर्न हुँदैन

आजदेखि मौन अवधि : के के गर्न हुँदैन

Trulli
ADVERTISEMENT

काठमाडौँ । पर्सि शुक्रबार हुने देशैभर एकसाथ हुने स्थानीय तह निर्वाचनको लागि मंगलबार मध्यरातदेखि मौन अवधिमा सुरु भएको छ।

 

यो अवधिमा स्थानीय तहको निर्वाचनमा सहभागी राजनीतिक दल, उम्मेदवार र तिनका समर्थनले कुनै पनि प्रकारका प्रचारप्रसार गर्न कानुनी बन्देज छ।

 

निर्वाचन आचारसंहिता, २०७८ मा मौन अवधिमा कुनै माध्यमबाट प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था छ। त्यसैले मौन अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्ति माथि निर्वाचन आयोगले निगरानी राख्ने गरेको छ।

 

निर्वाचन आयोगले यो अवधिमा आचारसंहिता विपरीतका कार्य हुन नदिने, मतदानको दिन मतदातालाई सुरक्षित रूपमा मतदान केन्द्रसम्म पुग्न र मतदान केन्द्रबाट फर्किन सक्ने वातावरण निर्माण गर्न आयोगले आग्रह गरेको छ।

 

यो अवधिमा मतदातालाई कुनै पनि प्रकारको अवरोध हुन नदिन आवश्यक व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा सबै स्थानीय प्रशासनलाई आयोगले निर्देशन दिएको छ।

 

निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न निर्वाचनमा मौन अवधि राखिएको हो।

 

यस अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचार प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न हुँदैन।

 

साथै राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री राखिएको भए तत्काल हटाउनु पर्छ, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न हुँदैन ।