close

मोदी आउने भएपछि लुम्बिनीमा उच्च सुरक्षा सतर्कता, यस्ता छन् कार्यक्रम

मोदी आउने भएपछि लुम्बिनीमा उच्च सुरक्षा सतर्कता, यस्ता छन् कार्यक्रम

Trulli
ADVERTISEMENT

कपिलवस्तु । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गौतमबुद्ध जन्मस्थल लुम्बिनी आउने भएपछि सो स्थलमा कडा सुरक्षा सतर्कता अपनाइएको छ ।

 

मोदीको सुरक्षाका लागि भारतीय सुरक्षाकर्मी भारतीय वायु सेनाको विमानमार्फत् बुधबारै लुम्बिनी आइसकेका छन् । त्यसैगरी, नेपाली र भारतीय सुरक्षाकर्मीले सो क्षेत्रमा गस्ती गरिरहेका छन् । 

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते बिहान ११ बजे चारवटा हेलिप्याडसहित लुम्बिनी आउने कार्यक्रम छ ।

 

मोदी लुम्बिनीमा आएपछि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्ने, मायादेवी मन्दिरको दर्शन र भारतीय बुद्धिस्टहरूको संस्था  इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसनले बनाउने बौद्ध बिहारको शिलान्यास गर्ने र सोपश्चात् २५६६ औँ बुद्धजयन्ती मूल समारोहमा सहभागी भई सम्बोधन गर्ने  कार्यक्रम छ । 

 

यसका अलावा दुई देशका हीतका विषय सम्झौता हुने अनुमान गरिएको छ । प्रधानमन्त्रीकाे केही दिनकाे अभिव्यक्तिलाई आधार मान्ने हो भने पश्चिम सेती परियोजनाको निर्माण कार्य भारतलाई दिने विषयमा पनि सम्झौता हुने अनुमान गरिएको छ ।  

 

म‌ंगलबार प्रधानमन्त्री देउवाले पश्चिम सेती परियोजनाको निर्माण कार्य भरतलाई दिने विषयमा कुराकानी भइरहेकाे बताएका थिए । 

 

 

भारतमा प्रधानमन्त्री भएपछि नरेन्द्र मोदी यसअघि पटक–पटक नेपाल आएका थिए । सो क्रममा उनले नेपालको पशुपतिनाथको दर्शन र मुस्ताङको मुक्तिनाथ दर्शन गरेका थिए ।