close

दोलखाको बैतेश्वर मतदान केन्द्रमा गोली चल्यो

दोलखाको बैतेश्वर मतदान केन्द्रमा गोली चल्यो

Trulli
ADVERTISEMENT

काठमाडौं । दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रमा झडपको स्थिति आएपछि गोली चलेको छ । निर्वाचनका क्रममा दुई पक्षीय झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चोली चलाएको हो । यद्यपि कुनै मानवीय क्षति भने भएको छैन ।

 

पालिकाको वडा नम्बर १ र २ का मतदानस्थलमा मतदान सुरू भएलगत्तै दुई पक्षबीच झडप भएपछि केही समय मतदान पनि रोकिएको थियो । तर अहिले पुनः मतदान सुरु भइसकेको दोलखा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जानकारी दिए ।