close

देउवालाई ओलीको जवाफ : वैशाख ९ सम्म चुनाव सार्ने प्रस्ताव आएको थियो, गफ नगरे हुन्छ

देउवालाई ओलीको जवाफ : वैशाख ९ सम्म चुनाव सार्ने प्रस्ताव आएको थियो, गफ नगरे हुन्छ

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले उनीप्रति गरेको व्यंग्यको जवाफ फर्काएका छन् । 

 

प्रधानमन्त्री देउवाले ‘चुनाव हुँदैन, गराउँदैन भन्थे, आज मतदान त भइरहेको छ । केपीजीले पनि मतदान गर्नुभयो होला नि !’ भनी ओलीप्रति लक्षित गरी दिएको अभिव्यक्तिको जवाफ फर्काएका हुन् । 

 

देउवाको अभिव्यक्तिको जवाफ दिँदै ओलीले भने, ‘स्थानीय तहको निर्वाचन पर सारौँ भन्ने औपचारिक प्रस्ताव पठाउनुभएको थियो । अनि धाक लगाउने त कुरै भएन । देश बन्धक बनाउनतिर नधकेल्नूस् । अलोकतान्त्रिक बाटोतिर नहिँड्नूस् भनेर मैले उहाँलाई राम्रैसँग खबर पठाएको थिए । निर्वाचन रोक्ने कुरामा सहमति हुन नसकेपछि र कानुनी बाध्यताका कारण उहाँहरू तयार हुनुभएको हो । गफै गरे हुन्छ ।’

 

मतदानपछि सञ्चारकर्मीहरूसँग भएको अन्तरक्रियाका क्रममा ओलीले चुनाव आफूहरूको दबाबमा भएको भन्दै वैशाख ९ गतेसम्म देउवाले  चुनाव सार्न आफूसमक्ष प्रस्ताव पठाएकोसमेत खुलाए ।