close

बेंगलोरविरुद्ध पन्जाबको सानदार जित

बेंगलोरविरुद्ध पन्जाबको सानदार जित

Trulli
ADVERTISEMENT

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा रोयल च्यालेन्जर्स बेंगलोर पराजित भएको छ । हारसँगै प्लेलफ कठिन बनेको छ । शुक्रबार राति पन्जाब किंग्ससँग ५४ रनले पराजित भएसँगै बेंगलोरले सहजै प्लेअफमा पुग्ने अवसर गुमाएको हो ।

 

जितको लागि २१० रनको विशाल विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन बनायो । बेंगलोरका ग्लेन म्याक्सवेलले २२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३५ रन बनाए ।

 

विराट कोहली १४ बलमा २ चौका र १ छक्कासहित २०, फाफ डु प्लेसिस १०, राजत पाटिदर २६, महिपाल लोमर ६, दीनेश कार्तिक र हर्षल पटेल ११–११ रनमा आउट भए ।

 

पन्जाबका कागिसो रबाडाले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । ऋषि धवन र राहुल चाहरले २–२ विकेट लिए । हरप्रीत ब्रार र अर्शदीप सिंहको नाममा १–१ विकेट रह्यो ।

 

त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै २०९ रन बनायो ।