close

राजविराज नगरपालिकालाई गुलावी सहरको रूपमा विकास गर्ने मेयर यादवकाे प्रतिबद्धता

राजविराज नगरपालिकालाई गुलावी सहरको रूपमा विकास गर्ने मेयर यादवकाे प्रतिबद्धता

Trulli
ADVERTISEMENT

सप्तरी ।  सप्तरीको राजविराज नगरपालिकाका नगरप्रमुख  भीमराज यादवले राजविराज नगरपालिकालाई गुलावी सहरको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन ।

राजविराज नगरपालिकाले आयोजना गरेकाे नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधि परिचयात्मक कार्यक्रममा मेयर यादवले साे प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा प्रमुख यादवले सरकारी कार्यालयहरूमा ब्याप्त भ्रष्टाचार उन्मूलन गर्ने कार्यमा अग्रसर रहने बताउँदै धुस दिएर पदको दुरूपयोग गर्न खोज्ने प्रयास गरे कानुनी कारबाही गर्ने बताए । प्रमुख यादवले शिक्षा, स्वास्थ्य, सरसफाई क्षेत्रको जनगुनासो अन्त्य गर्न संचारकर्मीहरूको अहम भूमिका हुने भएकाले यसमा सहयोग गर्न आग्रह गरे । 

राजविराजका संचालनमा रहेका गजेन्द्रनारायण अस्पताल, शैक्षिक क्षेत्र, मालपोत, नापी लगायतका सरकारी कार्यालय माफिया गुण्डाको अखडा बनेको भन्दै उनले चिन्ता व्यक्त गरे । राजविराज सहरको विकासको अवरोधक भनेकै माफिया गुण्डातन्त्र प्रमुख कारक हुन्, प्रमुख यादवले भने, घरको काम, ब्यक्तिगत व्यवसाय संचालन गरेर सरकारी तलव भत्ता खाने छुट कसैले पाउने छैन, सरकारी अस्पतालबाट सेवासुबिधा लिएर निजी अस्पतालमा समय बिताउने डाक्टर सावहरूलाई नमस्कार ठोकेर विदा दिन्छु ।

स्वास्थ्य, शिक्षा क्षेत्रको बेतिथि अन्त्य गरी चाँडै सुधार ल्याउने प्रमुख यादवको भनाई थियो । प्रमुख यादवले ६ महिनामा राजविराज नगरपालिकालाई गुलावी सहरको रूपमा विकास गर्ने बताए । नगरपालिकाको फोहर ब्यबस्थापन, छाडा पशुचौपाया नियन्त्रण, ३ महिनाभित्र नगर बससंचालन, असारमसान्तभित्र बसपार्क संचालन, राजविराज हटिया ठेक्का लगाउने बताउँदै प्रमुख यादवले निकट समयमै राजविराज नगरपालिकालाई विकसित र देशकै सुन्दर सहरमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे । 

छाडा सुँगुरलाई घरमा राख्ने पूर्वधार विकासका लागि नगरपालिकाले सहयोग गर्ने बताउँदै सुँगुर छाडा छोडे पुरस्कार दिएर मार्न लगाउनेसमेत बताए ।

उनले छाडा गाई गोरु लगायतका चौपायालाई कोशी टापूमा लगेर छोडिने बताए । मेयर यादवले भने, 'नगरमा छाडा पशुचौपायालाई गौशालामा राख्ने व्यवस्थामा  मिलाएको छु  । एक दुई पटकसम्म जरिवाना गर्दासमेत सुधार नभए सिधै कोशी टप्पुमा लगेर छोडिनेछ ।’

यादवले नगरपालिकामा रहेको बेरुजु असुली गर्ने कार्यलाई पहिलो प्रथामिकतामा राख्ने बताए । कुनैपनि बहानामा सरकारी बजेट अवचलन गर्ने कसैलाई अधिकार छैन, प्रमुख यादवले बेरुजु रहेको सरकारी रकम असुलउपर गर्ने बताए ।

उपप्रमुख इसरत प्रवीणले नगरपालिकामा आफ्नो मातहत रहेको कामलाई दिलोज्यान लगाएर गर्न तत्पर रहेको बताइन्  । चुनावमा लिएको प्रतिबद्धताअनुसार काम गर्ने बताउँदै आगामी दिनमा गर्ने कार्यमा संचारकर्मी मित्रको सहयोगको अपेक्षा गरको बताइन् ।