close

सप्तरीमा ट्रकको ठक्करबाट एकीकृत समाजवादीका नेताको मृत्यु

सप्तरीमा ट्रकको ठक्करबाट एकीकृत समाजवादीका नेताको मृत्यु

Trulli
ADVERTISEMENT

सप्तरी । सप्तरीमा ट्रकको ठक्करबाट नेकपा एकीकृत समाजवादीका एक नेताको मृत्यु भएको छ ।

ठक्करबाट एकीकृत समाजवादीका नेता राम नारायण चौधरीको मर्ट्टयु भएको हो ।

गएराति सप्तरीको खडक नगरपालिका-५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सवार स.१० प ४६११ नम्बरको स्कुटरलाई ना.६ख ६३९९ नम्बरको ट्रकले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा चौधरी सुरुंगा नगरपालिकाको मेयरमा एकीकृत समाजवादीबाट चुनाव लडेका थिए ।

घटनापछि आक्रोशित स्थानीयले खरचुहियामा टायर बालेर अबेर रातिसम्म सडक अवरुद्ध गरेका थिए ।

यता ठक्कर दिने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।