close

तलब वृद्धिलगायतको माग राख्दै बाल विकास समितिद्वारा ज्ञापनपत्र

तलब वृद्धिलगायतको माग राख्दै बाल विकास समितिद्वारा ज्ञापनपत्र

Trulli
ADVERTISEMENT

सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा बालविकास शिक्षक हक हित संरक्षण समितिले तलब वृद्धिसहितका विभिन्न चारबुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ ।

समितिका अध्यक्ष ललिता कुमारी चौधरीको नेतृत्वमा वालविकास शिक्षकहरुले गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीलाई  बिभिन्न चारबुँदे माग राखेर ज्ञापन–पत्र बुझाएको हो ।

ज्ञापन–पत्र बुझ्दै गापा अध्यक्ष चौधरीले बालविकास शिक्षकले उठाएको जायज माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । 

बालविकास शिक्षकहरुद्वारा बुझाएको ज्ञापन–पत्रमा नेपाल सरकारको आव २०७८/०७९ को बजेटमा उल्लेख १५ हजार, स्थानीय तहले ब्यहोर्नुपर्ने १० हजार गरी मासिक २५ हजार तलव निसर्त उपलब्ध गराउनुपर्ने, बालविकास कार्यरत शिक्षकहरुलाई पुर्नताजगी तालिमको व्यवस्था गर्नुपर्ने, प्रोत्साहन भत्ता ब्यबस्था गर्नुपर्ने, वालविकास शिक्षकहरुको ब्यबस्थापन गर्नुपर्ने लगायतका माग उल्लेख गरिएको छ ।