close

प्रेमीको घरमा मन्त्री बिमलाको हंगामा

प्रेमीको घरमा मन्त्री बिमलाको हंगामा

Trulli
ADVERTISEMENT

दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

स्थानीय एकराज बस्नेतको घरमा लफडा गरेपछि विमलालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

आज बिहान विमला आफ्ने एक पीएसओसहित तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको प्रेमी एकराजको घरमा गएकी थिइन् ।

राज्यमन्त्री विमलालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय तुलसीपुरमा राखेको छ ।

घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीलाई समेत कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । 

एकराजकी पत्नी मीना भण्डारीका अनुसार विमलाले उनको घरमा आएर एकराजलाई आफ्नो श्रीमान दाबी गरेकी थिइन् । आफू र आफ्नी ६ वर्षकी छोरीलाई उनले हातपात गरेको मीनाको भनाइ छ । 

रिसाएकी विमलाले एकराजको कोठाभित्रको दराजसमेत तोडफोड गरेकी छिन् । घटना हुँदा एकराज भने घरमा थिएनन् । 

घटनापश्चात एकराजका आफन्तले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि विमला तीन पटक पार्टी परिवर्तन गरेर चर्चामा आएकी थिइन् ।

तत्कालीन नेकपाबाट उपनिर्वाचनमा विजयी विमला पार्टी विभाजनपछि माओवादी केन्द्रमा लागेकी थिइन् । उनी फेरि एमालेमा लागिन् । तर, त्यसको तीन दिनमै फेरि आफू माओवादीमै रहेको बताएकी थिइन् ।

यसअघि विमला र एकराजको 'चुम्बन गरेको तस्विर' समेत सार्वजनिक भएको थियो । उक्त तस्विर निकै भाइरल भएको थियो ।