close

विव्यस अध्यक्ष यादवलाई बनाइयो बन्धक

विव्यस अध्यक्ष यादवलाई बनाइयो बन्धक

Trulli
ADVERTISEMENT

सप्तरी । सप्तरीको महादेवा गाउपालिका-१ स्थित जनचेतना रा.प्रा.वि.बल्थीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदकुमार यादवलाई विद्यालयमै बन्धक बनाइएको छ । 

विद्यलयका प्रधानाध्यापक मो.गुलजार उदीनले विव्यसका अध्यक्ष यादवलाई समाचार प्रकाशन,प्रसारण भएपछि सुनियोजित ढगंबाट विद्यालयमा बोलाएर प्रअ कोठामा आधा घण्टा बन्धक बनाएको जानकारी दिए । 

विव्यसका अध्यक्ष यादवलाई प्रअ मो उदीनले पत्रकारलाई बोलाएर समाचार किन प्रकाशन,प्रसारण गरेको, भन्दै दुर्व्यवहारसमेत गरेका थिए । 

महादेवा गापा १ का वडाध्यक्ष जयश्वर किशोर दासले आफूले विव्यसका अध्यक्ष यादवलाई ताला खोलेर बन्धकमुक्त गरेको बताए । त्यस्तै , महादेवा गापा-१ स्थित प्रहरी चौकीका प्रहरी हब्लदार रामबालक यादवले प्रअ कोठाबाट आफूहरुले भीडलाई पन्छाएको बताए ।