close

बुढानीलकण्ठमा छैन बिहानैदेखि बिजुली, कहिले सुचारु हुने अत्तोपत्तो छैन

बुढानीलकण्ठमा छैन बिहानैदेखि बिजुली, कहिले सुचारु हुने अत्तोपत्तो छैन

Trulli
ADVERTISEMENT

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाका अधिकांश स्थान आज बिहानैदेखि विद्युत् आपूर्ति बन्द छ । बुढानीलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएपछि हुन नसकेको हो ।

सबस्टेसनमा रहेका १०/१० एमभिए क्षमताका तीन वटा ट्रान्सफर्मरमध्ये एउटामा बुधबार बिहान ५ बजेदेखि समस्या आएको हो । तर, वैकल्पिक व्यवस्था हुन नसक्दा टोखा, मण्डीखाटार, बाँसबारी, धापासी हाइट, बुढानीलकण्ठ, तारेभीर, झोरलगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिएको छ।

उक्त ट्रान्सफर्मरबाट पाँच वटा फिडर निकाली ती क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार सम्भव भएका स्थानमा अन्य सबस्टेसनबाट वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गरिएको बताइएको छ । समस्या देखिएको ट्रान्सफर्मरलाई हटाएर जगेडामा रहेको ट्रान्सफर्मर जडान गर्ने प्रयास समेत थालिएको छ ।

तर, कति बेला विद्युत् आपूर्ति सुचारु हुन्छ भनेर आधिकारिक जानकारी दिने व्यक्तिहरूसँग सम्पर्क गर्न खोज्दा कसैको फोन उठ्न सकेन ।

पालिका खबरले नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईसहित महाराजगन्ज वितरण केन्द्र तथा बुढानीलकण्ठ नोलाइटमा समेत सम्पर्क गर्ने प्रयास गरेको थियो । तर, भट्टराई लगायत कतै  फोन उठ्न सकेन ।