close

भारतीय भूमिबाट गोली चल्दा बर्दियामा एक जनाको मृत्यु

भारतीय भूमिबाट गोली चल्दा बर्दियामा एक जनाको मृत्यु

Trulli
ADVERTISEMENT

बर्दिया । भारतसँग सीमा जोडिएको बर्दियास्थित मुर्तीहाको जङ्गलमा निहुरो टिप्न गएका एक नेपालीको भारतीय पक्षबाट गोली प्रहार हुँदा मृत्यु भएको छ ।

बिहीबार साँझ निहुरो टिप्न गएका गुलरिया नगरपालिका-३ का ५४ वर्षीय हेमराज गोडियाको गोली प्रहारबाट मृत्यु भएको हो ।

गोली लागेपछि दौडिएर घर नजिक पुगेका घाइते गोडिया त्यसपछि बेहोस भएका थिए । उनी होसमा आएपछि घरमा फोन गरे परिवारलाई बोलाइएको थियो ।

राति नै उनलाई एम्बुलेन्समा उपचारका लागि गुलरिया अस्पताल ल्याइए पनि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको स्थानीय प्रशासनले जानकारी दिएको छ । उनको मृत्यु कसको गोलीबाट भएको हो भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

अहिलेसम्म भारतीय वन रक्षकले गोली प्रहार गरेको आशंका गरिएको छ । कतरनिया वन्यजन्तु आरक्ष भएका कारण अनधिकृत रुपमा जङ्गल प्रवेश गरेको भन्दै वन रक्षकले गोली हानेको शंका गरिएको हो । गुलरिया अस्पतालमा पोस्टमार्टमपछि शुक्रबार दिउँसो उनका परिवारले शव बुझेर लगेका छन् ।