close

तुर्माखाँदमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

तुर्माखाँदमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

Trulli
ADVERTISEMENT

अछाम । अछाममा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । एक जना घाइतेको उद्दार गरिएको छ ।

अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा रहेको अमर विष्टको घर गएराति पहिरोले घर पुरिएको हो ।

घर पुरिँदा सुतिरहेका ती जनाको मृत्यु भएको हाे । पहिरोले घर पूर्ण रूपमा क्षति भएको छ ।

तीन जनाको मृत्यु भएको र एक जनाको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

४५ वर्षीया हरिकला विष्ट, २५ वर्षीय विरेन्द्र विष्ट र १५ वर्षीय संविधान विष्टको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा रहेका गाई बस्तु बाख्रा र अन्य धन माल पूर्ण रुपमा नष्ट भएकाे स्थानीयले बताएका छन् ।