close

आयोगको अनुमति विना निर्वाचन स्थगित नगर्न निर्देशन

आयोगको अनुमति विना निर्वाचन स्थगित नगर्न निर्देशन

Trulli
ADVERTISEMENT

निर्वाचन आयोगले निर्वाचन आयोगको परामर्श बिना मतदान कार्य स्थगित नगर्न निर्देशन दिएको छ।

सबै मतदान/निर्वाचन अधिकृतहरूलाई निर्देशन जारी गर्दै आयोगले ५ बजेसम्म कुनै पनि केन्द्रको मतदान स्थगित नगर्न निर्देशन जारी गरेको हो। 

आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय रोकिएको मतदान पुनः सञ्चालनसमेत निर्देशन दिएको छ। 

यसैगरी आयोगले कुनै मतदान केन्द्रमा मतदान कार्य स्थगित गर्नुपरे साँझ ५ बजेपछि मात्र सूचना टाँस्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ।

मतदान कार्य स्थगित गर्नैपर्ने भएमा आयोगको पूर्वसहमति लिनैपर्ने आयोगको निर्देशन छ।