close

पूर्वीनवलपरासीमा शशाङ्कको अग्रता कायमै

पूर्वीनवलपरासीमा शशाङ्कको अग्रता कायमै

Trulli
ADVERTISEMENT

नवलपरासी । पूर्वी नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले अग्रता कायमै राखेका छन् ।

मतगणना सुरु भएदेखि अग्रस्थानमा रहेका उनले पछिल्लो मतपरिणाम अनुसार १३ हजार आठ सय नौ मत पाएका छन् । 

कोइरालालाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले ११ हजार तीन सय १३ मतका साथ पछ्याइरहेका छन् । नेकपा (एमाले)का कृष्ण पौडेलले १० हजार तीन सय सात मत पाएर तेस्राे स्थानमा छन् । 

पूर्वी नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा पनि कांग्रेसकै विष्णुकुमार कार्कीकाे अग्रता छ । कार्कीले १७ हजार एक सय १० मत प्राप्त गर्दा दोस्रो स्थानमा एमालेका तिलबहादुर महतले १६ हजार आठ सय सात मत पाएका छन् ।