close

दाङका सबै क्षेत्रमा गठबन्धनको अग्रता कायमै

दाङका सबै क्षेत्रमा गठबन्धनको अग्रता कायमै

Trulli
ADVERTISEMENT

दाङ । दाङका सबै निर्वाचन क्षेत्रमा लोकतान्त्रिक-गठबन्धनले अग्रता कायम राखेको छ । दाङका तीनवटा प्रतिनिधिसभा र ६ वटा प्रदेशसभामा अग्रता कायम राखेको हो । 

  दाङ क्षेत्र नं १ मा मेटमणिले मतान्तर बढाउँदै 

दाङ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा गठबन्धनका मेटमणि चौधरीले मतान्तर बढाएका छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेका शान्ता चौधरीलाई एक हजार सात सय ३५ मतले पछि पारेका छन् । 

कुल १४ हजार चार सय १९ मतगणना हुँदा एकीकृत समाजवादीका चौधरीले पाँच हजार पाँच सय ३५ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेकी शान्ता चौधरीले तीन हजार आठ सय मत ल्याएकाे निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिए । मेटमणि सुरुआतदेखि नै अग्रस्थानमा थिए । 

 त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले तीन हजार ५२ मत ल्याएका छ भने नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले एक हजार ९३ मत ल्याएको  निर्वाचन अधिकृत विष्टले बताए । क्षेत्र नं १ मा एक लाख ३४ हजार सात सय ३३ मतदातामध्ये ८० हजार सात सय मत खसेको थियो । क्षेत्र नं १ को लमही नगरपालिकाको हलमा मतगणना भइरहेको छ ।

    
दाङ- १ (१) इन्द्रजितको अग्रता कायम

दाङको क्षेत्र नं १ को प्रदेशसभा १ मा पनि गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता इन्द्रजित चौधरीले अग्रता कायम राखेका छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेका गङ्गाराम भट्टराईलाई तीन सय ४४ मतान्तरले पछि पारेका छन् । १४ हजार चार सय १९ मतगणना हुँदा चौधरीले चार हजार सात सय ५७ मत ल्याएको छ भने भट्टराइले चार हजार चार सय १३ मत ल्याएको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका रञ्जित चौधरीले एक हजार आठ सय ३८ मत ल्याएको छ । 

दाङ- १ (२) अनुरागको अग्रता कायमै 

दाङको क्षेत्र नं १ को प्रदेशसभा २ मा पनि गठबन्धनका उम्मेदवार कांग्रेस युवानेता अनुराग खड्काले अग्रता कायम राखेको छ ।  १४ हजार तीन सय ६१ मत गणना हुँदा खड्काले पाँच हजार सात सय ६६ मत ल्याएको छ भने उनका प्रतिस्पर्धी एमालेका कुलबहादुर केसीले पाँच हजार छ सय १२ मत प्राप्त गरेका छन्  । उनीहरुबीचको मतान्तर एकसय ५४ छ । 

दाङ क्षेत्र नं २ मा रेखाको अग्रता कायमै

दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रका रेखा शर्माले आफ्नो अग्रता कायम राखेकी छिन् । ३५ हजार हजार छ सय ३० मत गणना हुँदा रेखाले १३ हजार दुइ सय चार मत पाउँदा एमाले महासचिव शङ्कर पोखरेलले ११ हजार पाँच सय ८० मत पाएकाे निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । 

उनीहरुबीचको मतान्तर एक हजार ६ सय १६ रहेको मुख्य क्षेत्र नं २ मा एक लाख ३३ हजार सात सय ४८ मतदाता मध्ये ७९ हजार चार सय ४६ मत खसेको थियो । क्षेत्र नं २ को जिल्ला समन्वय समिति दाङको हलमा मतगणना भइरहेको छ । 

दाङ २ (१) मा खनाल अगाडि 

 दाङ क्षेत्र नं २ को प्रदेशसभा १ मा पनि गठबन्धनका उम्मेदवार राजु खनाल अगाडि छन् ।  खनाल निकटतम प्रतिस्पर्धी एमालेका बलिभद्र राणाभन्दा एक हजार आठ सय ४५ मतले अघि छन् । खनालले १२ हजार नौ सय ७१ मत प्राप्त गरेकाे छ भने राणाले ११ हजार एक सय २६ मत प्राप्त  गरेका छन् । 

त्यस्तै दाङ क्षेत्र नं २ प्रदेशसभा २ पनि गठबन्धनका उम्मेदवार अघि छन् । गठबन्धनका उम्मेदवार कांग्रेसका प्रचण्ड विक्रम न्यौपानेले पाँच हजार आठ सय २७ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका गिरीराज केसीले पाँच हजार तीन सय ६७ मत ल्याएका छन् । उनीहरु बीचको मतान्तर चार सय ६० छ । 

 दाङ क्षेत्र नं ३ मा दीपकको मतान्तर अग्रता

  दाङ क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक  वाम गठबन्धनका उम्मेदवार दीपक गिरीले मतान्तर बढाएका छन् ।  कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गिरी प्रतिस्पर्धी एमालेका कोमल वलीभन्दा एक हजार सात सय ८३ मतले अघि अघि छन् ।  

गिरीले आठ हजार चार सय ३५ मत प्राप्त गर्नुभएको छ, भने वलीले छ हजार छ सय ५२ मत पाएका छन् ।  अहिलेसम्म २० हजार चार सय ४८ मत गणना भएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिए। 

  यस क्षेत्रमा एक लाख ४६ हजार चार सय ७५ मतदातामध्ये ९० हजार एक सय ५० मत खसेको छ । क्षेत्र नं ३ को भू–तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरमा मतगणना भइरहेको छ । 

    
क्षेत्र नं ३ (१) मा चौधरी अगाडि

दाङ क्षेत्र नं ३ को प्रदेशसभा १ मा गठबन्धनबाट कांग्रेसका डिल्ली चौधरीले आफ्ना प्रतिस्पर्धी एमालेका घनश्याम पाण्डेलाई दुई हजार सात सय एक मतले पछि छन् । चौधरीले १० हजार आठ सय तीन मत प्राप्त गरेका छन् ।  पाण्डेले आठ हजार एक सय दुई मत प्राप्त गरेका छन् ।  सोही क्षेत्रमा अहिलेसम्म २२ हजार तीन सय ४९ मतगणना भएको छ ।  यो क्षेत्रमा ६६ हजार चार सय ८६ मतदातामध्ये ४० हजार पाँच सय ७० मत खसेको थियो । 

क्षेत्र नं ३ (२) मास्कीको अग्रता 

 दाङ क्षेत्र नं ३ को प्रदेशसभा २ मा गठबन्धनका धनबहादुर मास्की (राजेश)ले सुरुवातदेखि नै अग्रता कायम राखेका छन् । २७ हजार ३१ मतगणना हुँदा माओवादी केन्द्रका मास्कीले ११ हजार नौ सय १६ र एमालेका हुकुम बस्नेतले १० हजार नौ सय ३४ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर नौ सय ८२ छ । सोही निर्वाचन क्षेत्रमा ७९ हजार नौ सय ८९ मतदाता रहेकामा ४९ हजार नौ सय ५० मत खसेको थियो ।