close

सिन्धुली–२ वाट माओवादी केन्दका लेखनाथ दाहालले खोले खाता

सिन्धुली–२ वाट माओवादी केन्दका लेखनाथ दाहालले खोले खाता

Trulli
ADVERTISEMENT

काठमाण्डौं । सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र)ले पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो खाता खोलेको छ । 

सिन्धुलीबाट प्रतिनिधसभा सदस्यमा माओवादी केन्द्रले जितको सुरुवात गरेको हो । सिन्धुली निर्वाचन क्षेत्र नं २ वाट माओवादी उम्मेदवार लेखनाथ दाहाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

माओवादीका दाहालले २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित भएका छन् । उनले एमाले उम्मेदवार मनोजजंग थापालाई ६ हजार १ सय ६२ को मतान्तरले पराजित गरेका हुन् । थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरेको छन् ।

सत्तारुढ गठबन्धनका सहयात्री नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभामा जिति सक्दा समेत केवल अग्रता मात्रै लिईरहेको माओवादी केन्द्रले  सिन्धुली क्षेत्र नं २ वाट जित निकालेसँगै प्रतिनिधिसभामा खाता खोलेको छ । 

सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल तेस्रो भएका छन् । उनले १ हजार ५ सय ५३ मत प्राप्त गरेका हुन् । यस्तै, चौथो स्थानमा राप्रपाका भिष्मराज श्रेष्ठ छन् । उनले १ हजार ३ सय ४० मत प्राप्त गरेका छन् ।

दुईवटा निर्वाचन क्षेत्र रहेको सिन्धुली क्षेत्र नम्वर १ मा भने मतगणना जारी नै रहेको छ । माओवादी केन्द्रले सिन्धुलीवाट जित हात पारेसँगै माओवादीका नेता कार्यर्ता बिजय जुलुसको तयारीमा छन् ।