close

धनकुटा–१ बाट राजेन्द्रकुमार राई निर्वाचित

धनकुटा–१ बाट राजेन्द्रकुमार राई निर्वाचित

Trulli
ADVERTISEMENT

धनकुटा । धनकुटा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्‍यमा नेकपा एमालेका उम्‍मेदवार राजेन्द्रकुमार राई निर्वाचित भएका छन् ।

राईले ३० हजार १०१ मत ल्याएर जित हात पारेका हुन् । उनी कांग्रेसका उम्‍मेदवार सुनीलबहादुर थापालाई १ हजार ३८७ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

थापाले २८ हजार ७०४ मत ल्‍याएका छन् ।

यस्तै स्वतन्त्र उम्‍मेदवार हेमराज भण्डारीले ५ हजार ९२६, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार बहादुर थापाले १ हजार ५९ मत प्राप्त गरेका छन् ।