close

चितवन क्षेत्र नं १ बाट रास्वपाका ढकाल निर्वाचित

चितवन क्षेत्र नं १ बाट रास्वपाका ढकाल निर्वाचित

Trulli
ADVERTISEMENT

चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन् । नेकपा (एमाले)का सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार पाँच सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित भएका हुन् । 

ढकालले ३४ हजार एक सय ८९ मत पाएका छन् भने पाण्डेले २६ हजार छ सय आठ मत पाएका छन् । नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार नौ सय नौ मत पाएका छन् । 

सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो । जसमध्ये तीन हजार छ सय २१ मत बदर भई ९१ हजार चार सय २० सदर भएको निर्वाचन आयोगले जनाएको छ ।