close

महानगरको सुकुमबासी बस्ती हटाउने निर्णयलाई समर्थन गर्दै प्रदर्शन

महानगरको सुकुमबासी बस्ती हटाउने निर्णयलाई समर्थन गर्दै प्रदर्शन

Trulli
ADVERTISEMENT

काठमाडौंको थापाथालीस्थित सुकुम्बासी बस्ती हटाउन माग गर्दै महानगरपालिका कार्यालय अगाडि प्रदर्शन भएको छ ।

उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले नक्कली सुकुम्बासीहरुले थापाथलीमा भूमि कब्जा गरेको भन्दै पहिचान गरेर कारबाही गर्न माग गरेको हो ।

समितिले महानगरका मेयर बालेन्द्र साह (बालेन) लाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । ‘कथित सुकुम्बासीको घर टहरा हटाई, राधाजनीको सौन्दर्यता,सुशान्ति र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न एक इन्च पनि महानगर पछि नहटोस’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

समितिले पत्रमा सुकुमबासी बस्ती हटाई राजधानीको शौन्दर्यता, सुशान्ति र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न महानगरपालिकाले गरेको काममा आफूहरुको समर्थन जनाउनलाई प्रदर्शन गरेको उल्लेख गरेकाे छ। 

यस्तै समितिले सुकुम्बासी बस्तीमा दिउँसै घरेलु हतियारसहित नगर प्रहरी, महानगर प्रमुखलाई धम्कीदिनुले उपत्यकामा त्रास फैलिएको समेत बताएको छ ।