close

रुपनीमा १५ शैया अस्पतालको शिलान्यास

रुपनीमा १५ शैया अस्पतालको शिलान्यास

Trulli
ADVERTISEMENT

सप्तरी । रुपनी गाउँपालिकामा पन्ध्र शैयाको अस्पताल शिलान्यास भएको छ । एक कार्यक्रमको समारोहमा पालिकाको वडा नम्बर २ स्थित लुवापार्कमा अस्पतालको शिलान्यास भएको हो । 

करिब १४ करोड लागतमा सो अस्पतालको निर्माण हुन लागेको हो । संघीय सरकार अन्तर्गत बन्न लागेको सो अस्पताल निर्माण सम्झौता भएको दुई वर्षमा सम्पन्न हुने पालिकाले जनाएको छ । 

गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवका अनुसार अस्पताल पालिकाको केन्द्रमा निर्माण भएको हुने छ। पालिकाको केन्द्रमा अस्पताल निर्माण भएकोले सबै वडाका स्थानीय बासिन्दाले सहज रुपमा सेवा लिन सक्ने विश्वास उनकाे छ । 

आर्थिक रुपमा विपन्न स्थानीय बासिन्दाले पैसाको अभावले स्वास्थ्य उपचार लिन नपाएको उनले बताए । अस्पताल सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाले कम खर्चमा उपचार गर्न सक्ने  गाउँपालिका अध्यक्षले बताए।