close

भक्तपुरमा लैंगिक हिंसाविरुद्ध सचेतना कार्यक्रम

भक्तपुरमा लैंगिक हिंसाविरुद्ध सचेतना कार्यक्रम

Trulli
ADVERTISEMENT

भक्तपुर ।   भक्तपुर नगरपालिकाले लैंगिक हिंसाविरुद्ध सचेतना कार्यक्रम गरेको छ ।  आइतबार नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर पालिकाको सभाहलमा सो कार्यक्रम भएको हो । 

 कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले लैंगिक हिंसा महिला र पुरुषबीच मात्र नभई धनी र गरिबबीच पनि हुने बताए । उनले लैंगिक भन्दा वर्गीय हिंसा बढी घातक हुने बताए । 

 
 उनले पालिकाभित्रका महिलाको आर्थिक सुदृढीकरणका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताए । आगामी दिनहरुमा पनि नगरपालिकाले समय सापेक्ष जनता केन्द्रित कार्यक्रमहरुलाई अगाडि बढाउँदै लाने बताइन् ।

 त्यस्तै उपप्रमुख रजनी जोशीले नेपालमा लैंगिक हिंसाबाट महिलाहरु बढी पीडित भएको र सभ्य र सुसंस्कृत समाज निर्माणमा लंैगिक हिंसाको अन्त्य हुनु जरुरी रहेको बताए