close

जनकपुरधामाले जग्गाको वर्गीकरण

जनकपुरधामाले जग्गाको वर्गीकरण

Trulli
ADVERTISEMENT

धनुषा । जनकपुरधाम उपमहानगरपालिकाले  जग्गाको वर्गीकरण गरिएको छ । उपमहानगरपालिकाले एक सूचना जारी गर्दै जग्गाको बर्गीकरण गरेको जनाएको हो । 

सूचना अनुसार उपमहानगरपालिकाभित्रका जग्गा कृषि क्षे र गैरकृषि क्षेत्रको मात्र वर्गीकरण गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले नियम ५ को उप नियम ७ बमोजिम कृषि क्षेत्र र गैर कृषि क्षेत्रको मात्र वर्गीकरण गरेको जनाइएको छ । 

 भुउपयोग नियमावली २०७९ प्रकाशित गरी किता काटको सम्बन्धमा नियम १२ अनुसार कृषि र गैर कृषि क्षेत्रमा किता कांटको हद तोकिएको छ । सोही अनुरुप तराईमा ६ सय ७५ वर्ग मिटर कृषि क्षेत्रमा र गैर कृषि क्षेत्रमा १ सय ३० वर्ग मिटर भन्दा कम क्षेत्रफल किता काट गर्न नपाउने समेत उपमहानगरपालिकाले जनाएको छ । ।