close

चेपाङ बालबालिकालाई पोसाक र शैक्षिक सामग्री

चेपाङ बालबालिकालाई पोसाक र शैक्षिक सामग्री

Trulli
ADVERTISEMENT

तनहुँ। रोटरी क्लव अफ दमौलीले व्यास नगरपालिका–११ का चेपाङ बस्तीका बालबालिकालाई विभिन्न सामग्री प्रदान गरेको छ। क्लवले आर्थिक अभावमा गुज्रिएका व्यास नगरपालिका–११ स्थित राम्चे र भानु नगरपालिका–६ मान्द्रेका सिमान्तकृत चेपाङ, दलित र आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई सामग्री प्रदान गरेको हो । 

राम्चेस्थित सूर्योदय प्राथमिक विद्यालयका ३२ र मान्द्रेस्थित कालिका प्राथमिक विद्यालयका ३९ विद्यार्थीलाई सहयोग गरिएको क्लबका अध्यक्ष रामलाल श्रेष्ठले बताए। क्लवका पूर्वअध्यक्ष रजिनलाल श्रेष्ठले विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई ट्र्याक सुट, कापी, कलम, ब्रस, मञ्जन, साबुनलगायतका सामग्री प्रदान गरिएको हो । 

बालबालिका शैक्षिक अधिकारबाट वञ्चित हुने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले सहयोग गरिएको रोटरी क्लब अफ दमौलीका संस्थापक अध्यक्ष रामचन्द्र पोख्रेलले बताए। उनका अनुसार रोटरी क्लबमा आवद्ध सदस्यले आफ्नो केही खर्च कटाएर बालबालिकाको पठनपाठनमा योगदान गरिएको हो ।

‘यो धनभन्दा पनि मन ठूलो भएकाहरुको संस्था हो, हामी दुःख, अभाव र पीडामा मलहम लगाउन एकीकृत भएका हौँ’, उनले भने। गाँस, बाँस र आवासकै लागि सङ्घर्ष गरिरहेका चेपाङ जातिको अवस्था सुधारका निम्ति रोटरीले स्थानीय सरकारसँग समन्वय गरी निरन्तर पहल गर्ने योजनासमेत बनाएको छ ।