close

विपद्को जोखिममा रहेका नेपालगञ्जको बस्तीको नक्साङ्कन

विपद्को जोखिममा रहेका नेपालगञ्जको बस्तीको नक्साङ्कन

Trulli
ADVERTISEMENT

बाँके। नेपालगञ्जमा भूकम्पलगायत प्राकृतिक विपद्को जोखिममा रहेका बस्तीको भौगोलिक सूचना प्रणाली (जिपिएस) मार्फत नक्साङ्कन गरिएको छ। नेपालगञ्ज उपमहानगर–३ र ७ का बस्तीको जिपिएस विधिबाट नक्साङ्कन गरिएको नेपाल रेडक्रस सोसाइटी बाँकेको आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए। 

उनका अनुसार, युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन वुमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोग र सिडिएमको सहभागितामा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाअन्तर्गत भूकम्प, बाढी, आगलागीलगायत विपद्बाट जोखिमयुक्त बस्तीको नक्साङ्कन गरिएको हो ।

नेपाल रेडक्रसका बाँके जिल्ला शाखाका सभापति गोवद्र्धनसिंह सम्झनाले विपद्सँग जुध्न पूर्वतयारीका लागि जोखिमयुक्त बस्तीहरुको सूक्ष्म तरिकाले अध्ययन गरेर नक्साङ्कन भएको बताए। ‘कुन बस्ती के कारणले जोखिममा छ? कुन सुरक्षित छ? कहाँ घना बस्ती छ? कहाँ साँघुरो गल्ली भएकाले दमकल र एम्बुलेन्स जान सक्दैन भन्नेबारे नक्साङ्न भएकाले यसैको आधारमा विपद् व्यवस्थापन गरिनेछ’, उनले भने। 

नेपालगञ्ज उपमहानगरपालिकाका  प्रशान्त विष्टले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि स्रोत नक्साङ्कन अति नै जरुरी रहेको जनाउँदै यसले विपद्सँग जुध्न सहज हुने बताए। नक्साङ्कनलाई अन्तिम रुप दिएपछि नेपालगञ्ज उपमहानगरपालिका, सरोकारवाला निकाय र सङ्घसंस्थालाई हस्तान्तरण गरिने परियोजनाको योजना रहेको प्राविधिक अधिकृत नरेश निदालले जानकारी दिए।