close

एकीकृत स्वास्थ्य शिविरबाट चार हजारभन्दा बढी लाभान्वित

एकीकृत स्वास्थ्य शिविरबाट चार हजारभन्दा बढी लाभान्वित

Trulli
ADVERTISEMENT

मोरङ । विराटनगर महानगरपालिकाले सञ्चालन गरेको एकीकृत स्वास्थ्य शिविरमा चार हजार भन्दा बढी लाभान्वित भएका छन् ।    गएको माघ २९ गतेदेखि सुरु भएको एकमहिने शिविरमा चार हजार ८४ जनाले स्वास्थ्य जाँच गराएको हो । 

 स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीका अनुसार विराटनगर वडा नं १८ बाट सुरु भएको शिविर सोमबार वडा नं १९ मा पुगेर समापन भएको थियो । स्वास्थ्य लाभ लिनेमा पुरुषभन्दा महिला बढी अर्थात्  दुई हजार चार सय ४५ महिला र एक हजार चार सय ३४ पुरुषले स्वास्थ्य जाँच गराएका थिए । उपचारतमध्ये  एक हजार एक सय ७६ले  भिडियो एक्स–रे, पाँच सय ३५ले इसिजी, आठ सय ३०ले ल्याब सेवा र छ सय ५० जनाले भिआइए (पाठेघरको जाँच) गराएका थिए ।

शिविरमा कोसी अस्पताल, विराट मेडिकल कलेज, नोवेल मेडिकल कलेज, क्षयरोग निवारण संस्थालगायतका प्राविधिक टोलीले सहयोग पु¥याएका थिए । समापन समारोहमा महानगरका प्रमुख नागेश कोइरालाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले स्वास्थ्यमा दक्ष जनशक्तिको व्यवस्था गर्न महानगर लागिपरेको सुनाउनुभयो । एकीकृत स्वास्थ्य शिविरका विषयमा महानगरवासीबाट राम्रो प्रतिक्रिया आएको महानगरप्रमुख कोइरालाको भनाइ छ ।    शिविरमा बालरोग, स्त्रीरोग, दन्तरोग, हाडजोर्नी, छालारोग, फिजिसियनलगायतले सेवा प्रवाह गरेका थिए ।