close

विश्व उपभोक्ता दिवसको अवसरमा चन्द्रौटा हाटबजार अनुगमन

विश्व उपभोक्ता दिवसको अवसरमा चन्द्रौटा हाटबजार अनुगमन

Trulli
ADVERTISEMENT

कपिलवस्तु  । शिवराज नगरपालिकाले बजार अनुगमन गरेको छ ।  टनरी अस्पताल पशु विज्ञ केन्द्रको आयोजनामा नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुको नेतृत्वमा चन्द्रौटा हाट बजारमा रहेको माछा तथा मासु पसलमा अनुगमन गरेको हो । 

 विश्व उपभोक्ता दिवसको अवसरमा  सो क्षेत्र अनुगमन गरिएको भेटनरी अस्पताल पशु विज्ञ केन्द्र तौलिहवाका प्रमुख विष्णु प्रसाद खनालले जानकारी दिए ।
 
घरेलु तथा साना उद्योग तोलिहवा जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु खाद्य तथा गुण नियन्त्रण कार्यालय कपिलवस्तु, इलाका प्रशासन कार्यालय चन्द्रौटा वडा प्रहरी कार्यालय चन्द्रौटा र शिवराज नगरपालिकाको संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरेको उनले बताए । करिब एक दर्जनभन्दा बढी पसलमा अनुगमन गर्दा सबै पसलमा मापदण्ड विपरित पसल संचालन गरि रहेको पाइएको इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख हिमाल विश्वकार्माले बताए । 

स्थानिय सरकार संचालन ऐन २०७४ ले स्थानिय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता अन्तर्गत १९ वटा बुदामा स्थानिय सरकारको दायित्व भित्र पर्ने भएकोले बजार अनुगमनमा गरिएको नगरपालिका उपप्रमुख  चौधरीको बताइन् । टोलीले दशवटा माछा पसल पाँच वटा बंगुरको मासु पसलमा अनुगमन गरेको थियो ।  अनुगमन टोलीले सरसफाइको अवस्था,प्रयोग गरिएका ढकहरुको प्रमाणीकरण,नापतौल प्रमाणपत्र, नापतौल सामग्रीको अवस्था, माछ खरिद गरिएका बिल,मासु विक्रि गर्न राखिएको स्थलको समेत जानकारी लिएको र पहिलो पटकलाई चेतावनी सहित आर्को पटक अटेरी गरे कार्वाहि गरिने इलाका  प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत हिमाल विश्वकर्माले बताए ।


नियमित चन्द्रौटा हाट बजार अनुगमन नहुँदा व्यापारीले आफूखुसी बढी मुल्यमा सामान बेच्ने गरेको र मानव स्वास्थ्यमै नकारात्मक असर गरि माछा,मासु बेच्ने  गुनासो भइरहँदा बजार अनुगमन स्वागतयोग्य भएकोले स्थानिय सरकार वाट यस्ता अनुगमन पटक,पटक हुन जरुरीरहेको स्थानीय समाजसेवी योद्धा क्षेत्री राजकुमारले बताए ।

 अनुगमन पछिको समीक्षा गर्दे शिवराज नगरपालिका उप प्रमुख शिव कुमारी चौधरीले अब  अनुगमनलाई निरन्तरता दिने बताइन् चौधरीले अब प्रत्येक तिन महिनामा चन्द्रौटा हाट बजार संगै चन्द्रौटा बजारको समेत अनुगमन गर्ने कार्यलाई अगाडी बढाउने बताइन् ।  ।