close

विकासमा अवरोधको श्रृंखला: शिवराज कि गुन्डाराज भन्दै नगरवासी कड्किएपछि... (भिडियाेसहित)

विकासमा अवरोधको श्रृंखला: शिवराज कि गुन्डाराज भन्दै नगरवासी कड्किएपछि... (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

कविलवस्तु । शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापालाई गुण्डागर्दी शैलीमा काम गरेको आरोप लगाएका छन् । चन्द्रौटा बजारमा निर्माणाधीन सार्वजनिक शौचालय क्षेत्रमा पुगेका नगरप्रमुख थापालाई स्थानीयले सो आरोप लगाएका हुन् । 


चन्द्रौता बजारका मक्सुद खाँले नगरप्रमुख थापामाथि सो आरोप लगाएको जनाइएको छ। साथै, खाँले ०६४ भदौ ३० गते चन्द्रौटा घटनालाई सम्झिँदै नगरप्रमुख थापामाथि जाइ लाग्न समेत भ्याए । 

नगरप्रमुख थापाले गुण्डा ल्याएर जवरजस्ती सार्वजनिक शौचालय निर्माण गर्न लागेको आरोप खाँको थियो । खाँ सोही घटनापछि मारिएका  डा. मञ्जुर खाँका भाई हुन् । खाँको मृत्यु भएसँगै अब्दुल मोइद खाँपछि चन्द्रौटाका मुश्लिम समुदायको नेतृत्व मक्सुदले नै गर्दै आएका छन् । 

विवादको विषय सार्वजनिक शौचालय
विवादको विषय थियो, शौचालय ।  चन्द्रौता बजारमा नगरपालिकाले सार्वजनिक शौचालय निर्माण गर्दै आएको छ । चन्द्रौटा बजारमा आउने नगरवासीको शौचालय अभावको बारेमा अत्याधिक गुनासो आएपछि नगरप्रमुख अजय थापाले  सार्वजनिक शौचालय निर्माण गर्न लगाएका थिए । नगरपालिकाले सार्वजनिक जग्गामा शौचालय निर्माण गर्दै आएको छ । सोही शौचालय निर्माण गर्न नदिन स्थानीय मक्सु खाँले विरोध गरेका हुन् । 


साथै, खाँ यो विषयलाई १९ बर्षअघिको घट्नाको निरन्तरतासँग जोडिरहेका छन् । चन्द्रौटामा सबै समुदायको मेलमिलाप छ । तर, पालिकामा बेलाबेखत मुद्दा सिर्जना गर्न कुनै न कुनै रुपमा निश्चित समुह सक्रिय हुने गर्छ । शिवराज नगरपालिकाका मेयर अजय थापा यहि घानमा परेका हुन् । 

राप्रपाबाट मेयर बनेका थापाको पार्टीको जनमत शिवराज नगरपालिका अत्यन्तै न्यून छ । तर, उनको व्यक्तित्व र विगतको योगदानलाई सम्झेँर मतदाताले उनलाई अत्याधिक मतसहित  विजयी गराए । ह्वातै आएको थापाको  नेतृत्वप्रति पनि कतै न कतै तुष झल्काउने प्रयास भने बेलाबखत हुने गरेको देखिन्छ । 


निर्वाचित भएदेखिनै प्रत्येक बैठक फेसबुक लाईभ गर्दै, हरेक विषय पारदर्शी र जवाफहेदी रुपमा हल गर्दै आएका मेयर थापालाई गुण्डाको पगरी गुताईदिंदा मेयर केही झाेक्एिका देखिन्छन् । 

रकम नपुगे थप्छु: नगरप्रमुख  थापा
शिवराज नगरपालिकाले स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्दै आएको छ । नगरपालिकाले महिला, अपागं र पुरुषले प्रयोग गर्ने खालको आधुनिक प्रविधिमैत्री सार्वजनिक शौचालय निर्माण गरेको हो । 


नगरपालिमा यसअघि निर्वाचित नगर प्रमुख नेत्रराज अधिकारीले चन्द्रौटा बजारमा शौचालय निर्माण गर्न दुई बर्ष लगातार बजेट छुट्याए । तर यस्तै विवादका कारण शौचालय बन्न सकेको थिएन । तर, नगरप्रमुख अजय थापा आइसकेपछि उनले १० लाख बजेट छुट्याएर टेण्डर गरी निर्माणको काम समेत सुरु गरिसकेका छन् । 

शौचालय निर्माणको लागि रकम नपुगे आवश्यक बजेट थप्ने गरी व्यवस्थापन गरिरहेको नगरप्रमुख थापा बताउँछन् । महिलाका लागि प्याडको व्यवस्था र प्रयोग गरिसकेको प्याड डिस्पोज गर्ने सम्मको सुविधा स्मार्ट शौचालयमा हुँने उनले बताए । 

नयाँ काम गर्न लाग्दा अवरोध गर्ने, आन्दोलन गर्ने र त्यतिगर्दा पनि रोक्न सफल नभए विभिन्न पार्टीगत, जातिय, धार्मिक, साम्प्रदायिक रंग दिएर नेतृत्वलाई बद्नाम गर्ने संस्कार तल्लोतहसम्म पुगेका बेला हत्पती नेतृत्वले आँट गर्न नसक्ने अवस्था बनिरहेको तितो यथार्थ हो । विकास निर्माणमा अवरोध गर्ने राजनीतिक एवं सामाजिक संयन्त्रको षड्यन्त्र चिर्न युवा एवं अत्याधिक रुचाईएका मेयर थापा सफल हुने हुन् या होइनन् । त्यो भने हेर्न बाँकी नैछ । 

भिडियाे